Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, नेताहरूबीच घोचपेच (खास खबर)

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, नेताहरूबीच घोचपेच (खास खबर)

  • बुधवार, फाल्गुण ३० २०८०

  • 830
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, नेताहरूबीच घोचपेच (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमाले, स्वयं माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी,  जनता समाजवादी पार्टी र नागरिक उन्मुक्तिले १५७ मत दिएका छन् । प्रस्तावको विपक्षमा ११० मत र एक मत हुन्न भन्ने पक्षमा परेको थियो ।  
     
    विश्वासको मत लिनुपूर्व बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गर्नुभएको छ । उहाँले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत दाबी गर्नुभयो । उहाँले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताउनुभयो । बरु नेकपा एमालेलाई आफूले विश्वासघात गरेको प्रचण्डको तर्क थियो । 
     
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसतिर लक्षित गर्दै प्रधानमन्त्रीलाई यस पटक विश्वासको मत दिन किन नमिल्ने भन्दै प्रश्न गर्नुभएको थियो । पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो । अहिलेको अवस्थामा प्रधानमन्त्री भन्दा पनि मुलुक बचाउनका लागि नयाँ समीकरण गरेको ओलीको भनाइ थियो । आफूलाई प्रधानमन्त्री बन्न समेत रहर नभएको उहाँको भनाइ थियो । 
     
    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गर्नुभएको थियो । आफूहरूले अवस्था बदलौं भन्दा प्रचण्डले गठबन्धन बदलेको उहाँको आरोप थियो । 
     
    यसैबीच, रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सङ्घर्षपूर्ण राजनीतिबाट उदाएको जीवनको उत्तरार्धमा कुनै नेताले आफ्नो लेगेसीको खोजी गर्ने भन्दै म के का लागि चिनिन चाहन्छु भन्ने राजनीतिमा अहम् प्रश्न रहेको बताउनुभयो । 
     
    यता, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्नुभएको छ । पाण्डेले प्रचण्डलाई साथ दिँदा पनि बाटोमा अलपत्र छाडेर हिँडेको भन्दै आक्रोश पोख्नुभयो । ओली र शेरबहादुर देउवाले घाँटी जोडे के हुन्छ भन्दै उहाँको प्रश्न गर्नुभयो । 
     
    नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाललाई संसद्मा उठेका प्रश्नबाट भाग्न नमिल्ने चेतावनी दिएको छ । अस्थिरताबाट मुक्ति पाउन कांग्रेसले एमालेसँग संवाद गर्ने बाटो पनि आज खुलेको छ । 
     


    बुधवार, फाल्गुण ३० २०८००७:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij