काठमाडौं। सेयर बजार परिसुचक (नेप्से)मा आज झिनो अंकको गिरावट आएको छ। नेप्से आज २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा बन्द भएको छ भने ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये ९४ वटाको बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
नेप्सेमा आज चार कम्पनी वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड,उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड,आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज अप्पर तामाबोशी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ। यस कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले घटेको छ।
त्यस्तै, सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ। आज यस कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।