Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

‘हेक्का रहोस्,संख्या पुगेकै दिन गणतन्त्र उल्टाउँछौँ’ : राजेन्द्र लिङ्देन

‘हेक्का रहोस्,संख्या पुगेकै दिन गणतन्त्र उल्टाउँछौँ’ : राजेन्द्र लिङ्देन

  • बुधवार, फाल्गुण ३० २०८०

  • 959
    SHARES

  • ‘हेक्का रहोस्,संख्या पुगेकै दिन गणतन्त्र उल्टाउँछौँ’ : राजेन्द्र लिङ्देन

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यक संख्या पुगेकै दिन गणतन्त्र उल्टाउने चेतावनी दिनुभएको छ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँले गणतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएकोले संख्या पुगेकै दिन गणतन्त्र उल्टाउने बताउनु भएको हो।

    उहाँले भन्नुभयो,‘अहिले ठूला भनिएका दलहरूले गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन्। हामी अहिले सानो संख्यामा छौँ। बहुमत पुगेको दिन यो व्यवस्था नै पल्टाउनेछौँ।’

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले अब राजा र धर्मलाई गाली गरेर वाहवाही कमाउने समय सकिएको जिकिर गरे ।

    उहाँले नयाँ सत्तागठबन्धन जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर नबनेको भन्दै सत्ताको भागबन्डा र विभिन्न काण्डबाट सुरक्षित हुन नयाँ गठबन्धन बनेको टिप्पणी गर्नुभयो ।

     


    बुधवार, फाल्गुण ३० २०८००३:२०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij