Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेसको चेतावनीः ‘अब संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ’

कांग्रेसको चेतावनीः ‘अब संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ’

  • बुधवार, फाल्गुण ३० २०८०

  • 893
    SHARES

  • कांग्रेसको चेतावनीः ‘अब संसद सहजै चल्छ भन्ने नसोचे हुन्छ’

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई आगामी दिनमा संसद सहज रुपमा चलाउन सकिन्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ।

    आज प्रतिनिधि सभा बैठक शुरु हुने बित्तिकै विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तत्कालिन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई चेतावनी दिनुभएको हो ।

    उहाँले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानूनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो ।

    सचेतक थिङले सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो।सचेतक थिङले संसदमा सरकारमाथि प्रश्नप्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिनुभयो ।


    बुधवार, फाल्गुण ३० २०८००१:५१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij