काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आह्वान गर्नुभएको छ। । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै विश्वासको मत दिन आह्वान गर्नुभएको हो । यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ ।
सरकारले केही गरेन भन्नेहरुलाई आउँदा दिनमा काम गरेर जवाफ दिने भन्दै प्रधानमन्त्री प्रचण्डले भन्नुन्ुभयो, ‘प्रमाणित गर्न सकिन भने प्रधानमन्त्री पद मेरो लागि औचित्यहिन हुनेछ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गर्नुभएको छ । उहाँले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताउनुभयो ।