काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको ८० वर्षको उमेरमा निधन भएको छ।
सिरहा गोलबजार नगरपालिका ६ खरहीटोलका यादवको गएराती आफ्नै निवासमै निधन भएको हो।
पेशाले शिक्षक यादव पक्षघातका बिरामी हुनुहुन्थ्यो । उहाँले २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।
यादवलाई मन्त्रिपरिषदको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो। २०७८ साउन १२ गते शेरबहादुर देउवानेतृत्वको सरकारले उहाँलाई पदमुक्त गरेको थियो।