काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । संसदमा प्रधानमन्त्रीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।
कांग्रेससंगको गठबन्धन भत्काएर प्रधानमन्त्रीले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ ।
मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् ।