Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, दाहालको पक्षमा ३९ मत

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, दाहालको पक्षमा ३९ मत

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 1.2K
    SHARES

  • राष्ट्रिय सभा अध्यक्षमा  नारायण दाहाल निर्वाचित, दाहालको पक्षमा ३९ मत

    काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित हुनुभएको छ ।

    मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

    यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

    दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार हुनुभएको थियो । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गर्नुभएको थियो ।

    त्यसअघि, कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।


    मंगलवार, फाल्गुण २९ २०८००१:३६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij