Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दै

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दै

  • मंगलवार, फाल्गुण २९ २०८०

  • 353
    SHARES

  • कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दै छ ।

    संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सभापति देउवाले बोलाउनुभएको हो ।

    बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाउनुभएको छ ।

    संसद्मा पार्टीको भूमिका फेरिएको र संघीय संसद्मा पार्टीका पदाधिकारीहरू समेत फेरबदल भएको अवस्थामा आवश्यक समन्वय र परामर्शका लागि बैठक बोलाइएको हो ।

    संसदमा कांग्रेसले कस्तो भूमिका निभाउने भन्ने बारेमा बैठकमा छलफल हुने कार्यसूची रहेको छ


    मंगलवार, फाल्गुण २९ २०८०१०:४४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij