काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको लागि आज मतदान हुँदै छ । गठबन्धनबाट नारायण दाहाल र नेपाली कांग््रेसबाट युवराज शर्माबीच प्रतिष्पर्धा हुँदै छ ।
राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् ।
यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ ।