काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।