Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बैंकहरुले राखे नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप

बैंकहरुले राखे नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप

  • सोमवार, फाल्गुण २८ २०८०

  • 618
    SHARES

  • बैंकहरुले राखे नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा मात्रै नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

    राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाले सो रकम राखेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन ।

    यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राख्न पाउने व्यवस्था छ । सो व्यवस्थाअनुसार बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

    बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहेको छ । सस्तो ब्याजदर हुँदासमेत कर्जा लगानी विस्तार हुन सकेको छैन । महंगो ब्याजदर लिएर राखेको पैसा बैंकहरुले सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा राख्न बाध्य भएका छन् ।


    सोमवार, फाल्गुण २८ २०८००२:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij