Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

  • सोमवार, फाल्गुण २८ २०८०

  • 626
    SHARES

  • ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास
    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबिच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 
     
    ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन  सहयोग गर्ने बताउनुभएको हो । 
     
    ग्याल्पो ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले  खुसीयाली साट्ने यो पर्वको अर्को महत्त्वपूर्ण विशेषता भनेको सामूहिक रूपमा एक अर्काको हात समाएर सुख दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन  सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गर्नुभएको छ ।


    सोमवार, फाल्गुण २८ २०८००६:४७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij