काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए। तिनै एजेण्डामाथि सदस्यहरूले आज पनि धारण धारणा राख्ने श्रेष्ठले जानकारी दिनुभयो ।