Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

व्यवस्था परिवर्तनसँगै जनताको अवस्थापनि बदलिएको छ : ओली

व्यवस्था परिवर्तनसँगै जनताको अवस्थापनि बदलिएको छ : ओली

  • शनिवार, फाल्गुण २६ २०८०

  • 1.0K
    SHARES

  • व्यवस्था परिवर्तनसँगै जनताको अवस्थापनि बदलिएको छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताउनुभएको छ। शनिबार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताउनुभयो ।

    अवस्था परिवर्तन नभएको भन्ने हल्ला मात्रै चलेको ओलीको दाबी छ । पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उहाँले बताउनुभयो ।

    ओलीले भन्नुभयो– ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’

    उहाँले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता बाध्यकारी रहेको र अब ५० प्रतिशत पुर्‍याउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो। महिला सशक्तीकरणको आन्दोलनमा एमाले अग्र भागमा रहेको पनि दाबी गर्नुभयो ।


    शनिवार, फाल्गुण २६ २०८००५:११:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij