Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

  • शनिवार, फाल्गुण २६ २०८०

  • 977
    SHARES

  • सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसको दाबी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गर्ने भएको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले उक्त समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने निर्णय गरेको हो।

    संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएकोले कांग्रेसको दाबी स्वभाविक भएको प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।

    माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो। एमाले सांसद ऋषिकेश पोखरेल हाल यो समितिका सभापति रहनु भएको छ।

    सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू यो समितिको कार्यक्षेत्र रहेको छ।


    शनिवार, फाल्गुण २६ २०८००३:१६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij