काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि पर्सी सोमबार उम्मेदवारी दर्ता हुने भएको छ।
यहि फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो। रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन्।
२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो। त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो।