Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसदमा खतिवडाले भने, सहकारी पीडितले न्याय पाउन्

संसदमा खतिवडाले भने, सहकारी पीडितले न्याय पाउन्

  • बिहिवार, फाल्गुण २४ २०८०

  • 619
    SHARES

  • संसदमा खतिवडाले भने, सहकारी पीडितले न्याय पाउन्

    काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताउनु भएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    यही फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा एमालेले प्रधानमन्त्री हराएको भनी व्यङ्ग्य गरेको थियो । यसबीचमा एमाले सरकारमा सहभागी भएको छ ।

    यसप्रति व्यङ्ग्य गर्दै कांग्रेस सांसद खतिवडाले भन्न्ुभयो, ‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् । सहकारी ठगहरुले कारबाही पाउन् । मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन् ।’

    खतिवडा अगाडि बोल्नुभएका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकारलाई काँध फेर्ने छुट नरहेको बताउनु भएको थियो ।


    बिहिवार, फाल्गुण २४ २०८००१:०३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij