Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने

एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने

  • बुधवार, फाल्गुण २३ २०८०

  • 1.5K
    SHARES

  • एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने

    काठमाडौं। एमालेले रघुवीर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने भएको छ । महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने तयारी छ ।

    उहाँ यसअघि उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । उहाँले परराष्ट्र र भौतिक योजना मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।
    गृह र अर्थ मन्त्रालय एमालेको भागमा परेको भए विष्णु पौडेल सरकारको नेतृत्व गरेर जाने सम्भावना थियो । तर यी दुवै मन्त्रालय नपाएपछि एमाले भौतिक पूर्वाधार लिएर रघुवीरलाई पठाउने निर्णय गरेको हो ।

    महासेठले आफूलाई पठाउन लागेको जानकारी प्राप्त भएको र तयारी गरिरहेको बताउनुभयो । उहाँले एमालेबाट आफूबाहेक थप १–२ जनाले शपथ लिने तयार भइरहेको तर नाम भने आउन बाँकी रहेको बताउनुभयो ।


    बुधवार, फाल्गुण २३ २०८००२:४५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij