Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 969
    SHARES

  • एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

    काठमाडौं। नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्त हुनु भएको छ।

    नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि यसअघिका सचेतक बर्तौलालाई प्रमुख सचेतक र सुनिता बराललाई सचेतकमा मनोनयन गर्नुभएको हो।

    बर्तौला मकवानपुर–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने बराल समानुपातिक सांसद हुनुहुन्छ। बर्तौला र बराल दुवैजना अनेरास्ववियुको राजनीतिबाट आएका युवा नेता हुन्।

    बर्तौला मकवानपुर–२ बाट आफ्नै राजनीतिक गुरु विरोध खतिवडालाई हराएर निर्वाचित हुनुभएको हो।

     


    मंगलवार, फाल्गुण २२ २०८००३:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij