Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

चार दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै

चार दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै

  • मंगलवार, फाल्गुण २२ २०८०

  • 411
    SHARES

  • चार दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै

    काठमाडौं । चार दलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ । दिउँसो बस्ने आजको बैठकले मन्त्रालयको टुंगो लगाउने सम्भावना रहेको छ ।

    मन्त्रालयको बाँडफाँडमा गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठ रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण गरेपछि हिजोनै पुराना मन्त्रीहरुलाई बर्खास्त गर्दै नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

    तीन जना नयाँ मन्त्रीहरु एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले हिजो मन्त्रीको शपथ लिएका हुन् । यी तीनै जना विनाविभागीय मन्त्री हुन् ।


    मंगलवार, फाल्गुण २२ २०८००८:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij