Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

तत्काल महाधिवेशनको सुनिश्चितता गर्न नेविसंघ अध्यक्षलाई दबाब

तत्काल महाधिवेशनको सुनिश्चितता गर्न नेविसंघ अध्यक्षलाई दबाब

  • सोमवार, फाल्गुण २१ २०८०

  • 366
    SHARES

  • तत्काल महाधिवेशनको सुनिश्चितता गर्न नेविसंघ अध्यक्षलाई दबाब
    काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई नेविसंघकै महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिएको छ। 
     
    सङ्घको महाधिवेशन पक्षधर टोलीले अध्यक्ष शेर्पालाई संघको केन्द्रीय कार्यालय अनामनगरमा आज ज्ञापन पत्र बुझाएर तत्काल महाधिवेशन सुनिश्चित गर्न माग गरेको हो। नेविसंघका नेता सुभाष पौडेलको नेतृत्वमा गएको टोलीले तत्काल महाधिवेशनको सुनिश्चितता नगरिए थप दबाबका कार्यक्रम गर्ने चेतावनी दिएको थियो ।
     
    अध्यक्ष शेर्पालाई बुझाइएको ज्ञापन पत्रमा ११५ भन्दा बढी केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले यस अघि अध्यक्षले समन्वय बिना बोलाएको केन्द्रीय समितिको पहिलो बैठक पनि बहिष्कार गरेका थिए। 
     
    महाधिवेशन गर्नका लागि गठन गरिएको अहिलेको समितिले महाधिवेशन नै गर्ने आधार नदेखेकाले बैठकमा सहभागी हुनु औचित्य नठानेर बैठकमा नगएको उनीहरूको भनाइ छ। असन्तुष्ट पक्षले अध्यक्ष शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको  कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ। उनीहरूले देशभरका विद्यार्थीहरूको भावना अनुसार संगठनलाई सामूहिक नेतृत्वका साथ सञ्चालन गर्न माग गरेका छन्। नेविसंघमा तदर्थवाद वा मनोनीतको प्रवृत्ति अन्त्य गर्दै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रक्रिया मातहतका समितिहरूमा पनि तत्काल अवलम्बन गर्न माग गरेको केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिनुभयो।


    सोमवार, फाल्गुण २१ २०८००८:२०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij