Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँग नयाँ बन्यो

कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँग नयाँ बन्यो

  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.1K
    SHARES

  • कांग्रेससँगको सत्ता गठबन्धन टुटेर एमालेसँग नयाँ बन्यो

    काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेपाली कांग्रेस नेकपा एससहितको गठबन्धन भत्किएको हो ।

    नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आज नै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।

    नेताहरूका अनुसार आइतबार राति भएको दलहरूको छलफलमा कांग्रेससँगको गठबन्धन नरहने प्रधानमन्त्री प्रचण्डले नै सङ्केत गरेपछि एमाले र माओवादी नयाँ समीकरणको गृहकार्यमा बिहानैबाट जुटेका छन् । सोही अनुसार आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्न एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच छलफल हुँदैछ ।


    सोमवार, फाल्गुण २१ २०८००९:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij