काठमाडौं । कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको समाधान गर्न आज संसदीय दलको बैठक बस्दै छ।
सत्तारुढ नेकपाको केन्द्रमा समेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो।
बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको नेकपा कर्णाली प्रदेश सभा संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिनुुभएको छ ।
नेपालीका अनुसार बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।
उहाँले केन्द्रले समेत मिलाउन नसकेको प्रदेश संसदीय दलको विवाद अब प्रदेशबाटै मिल्ने दाबी गर्नुुभएको छ ।