Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकियो, आज नयाँले शपथ लिने

राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकियो, आज नयाँले शपथ लिने

  • सोमवार, फाल्गुण २१ २०८०

  • 299
    SHARES

  • राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकियो, आज नयाँले शपथ लिने

    काठमाडौं । राष्ट्रियसभाका २० जना सांसदको पदावधि सकिएको छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको ६ वर्षिय कार्यकमल हिजोदेखि सकिएको हो ।

    नेकपा एमालेबाट ९, नेपाली कांग्रेसका ४, माओवादीका ३, नेकपा एसका २, जसपाका १ र स्वतन्त्र गरि २० सांसद बिदा हुन लागेका हुन् ।

    हालै निर्वाचित १९ सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । बाँकी एउटा पदको भने मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

    शपथग्रहणको कार्यक्रम संसद भवनको ल्होत्से हलमा आज बिहान ११ः३० बजे राखिएको संसद सचिवालयले जनाएको छ ।

     


    सोमवार, फाल्गुण २१ २०८००७:१०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij