Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पीडा नभाको मान्छे हुन्न (भिडियोसहित)

पीडा नभाको मान्छे हुन्न (भिडियोसहित)

  • आइतवार, फाल्गुण २० २०८०

  • 2.0K
    SHARES

  • पीडा नभाको मान्छे हुन्न (भिडियोसहित)

    काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

    सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न” सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ ।

    यस गीतको एरेञ्ज, रेकर्डिङ, मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन् । यस गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन, लोकेश भाटको सम्पादन, बिरेन्द्र भाट “बिपिन” को रंग संयोजन रहेको छ ।

    उक्त गीतको भिडियोमा सुरेन्द्र कुमार दाहाल, मञ्जिता केसी, पारस गोराल, भिम बहादुर पौडेल, कबिराज बिश्वकर्मा, समित परियार लगायत अन्यको अभिनय रहेको छ । यस गीतलाई पारस गोराल कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    हेर्नुहोस् भिडियो

     


    आइतवार, फाल्गुण २० २०८००५:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij