काठमाडौं । पुराना चर्चित गायक सन्तोष पौडेलले लामो समयपछि नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै बालशखा डा अच्युत अधिकारीले लेखेको “बचन तिम्रो” शिर्षकको गीत सार्वजनिक भएको हो । डा अधिकारीले अरु पनि धेरै गीत लेखेका छन् । यस गीतमा पौडेललाई महिला तर्फको स्वरबाट भने चर्चित गायीका समिक्षा अधिकारीले साथ दिएकी छिन ।
गीतको भिडियो र अडियो गुन्जन नेपालले बनाएको हो भने कलाकार शिशिर पौडेलको अफिसियल युट्युव च्यालनबाट केही दिन अगाडि सार्वजनिक भएको छ । गीतमा शिशिर पौडेल, जुना कार्की, इश्वर खत्री लगायतको आकर्षक अभिनय रहेको छ । यो गीतको संगीत गायक पौडेलले नै गरेका हुन भने इन्द्र जिसीले एरेन्ज गरेका हुन् ।
रोजगारीका शीलशीलामा डेनमार्कमा रहेकाले उनले लामो समयपछि मात्रै नयाँ गीत ल्याउन भ्याएको बताएका छन् । विक्रम सम्वत २०३६ सालमा पाल्पाको रामपुर नगरपालिका वडा नं. १० अन्तर्गत पर्ने राम्टारमा जन्मेका पौडेलले कक्षा १ मा पढ्दादेखि नै स्थानीय प्रतियोगीताहरुमा भाग लिने गरेका थिए । विक्रम संवत २०५० सालमा बुटवल औद्योगीक प्रदर्शनीमा भएको प्रतियोगीतामा द्धितिय भएर उनी राष्ट्रिय कलाकारमा रुपमा चिनिन थालेका थिए ।
विक्रम सम्वत २०५६ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका पौडेलको पहिलो गीति एल्बम डाडैमा झुल्के घाम हो । त्यसैगरी पाल्पाको तान्सेन बजार शिर्षकको गीत उनको दोस्रो एल्बम हो भने म त कति राम्रो छु शिर्षकको गीत उनको तेस्रो एल्बममा छ ।
२०६०को दशकमा धेरै राष्ट्रिय प्रतियोगीताहरुमा विजयी भएका पौडेलले केही भजनहरु पनि गाएका छन् । उनी गायनकै लागी दुवई, नेदरल्याण्ड लगायतका देशहरुमा पनि गएका थिए ।
भिडियो हेर्नुहोस् :