Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग छलफल

प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग छलफल

  • आइतवार, फाल्गुण २० २०८०

  • 830
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले गरे देउवा र ओलीसँग छलफल

    काठमाडौ। संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ।

    उहाँले आज बिहान सिंहदरबारमा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।

    संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्व पीडितलाई न्याय तथा परिपुरण गर्ने र पीडकलाई कारबाही गर्ने विषय टुंगो लाग्न बाँकी छ ।
    संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयकमाथि छलफल हुँदै आएको छ ।  त्यसमा मुख्य गरी चार विषयमा सहमति जुटेको छैन ।

    मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक (आर्बिट्ररी) गरिएको हत्या दोहोरो भिडन्त बाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषयमा कुरा मिलेको छैन ।

     


    आइतवार, फाल्गुण २० २०८००१:११:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij