काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आज (आइतबार) देखि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आजदेखि सकिन लागेको हो ।
नेकपा एमालेबाट ९, नेपाली कांग्रेसका ४, माओवादीका ३, नेकपा एसका २, जसपाका १ र स्वतन्त्र गरि २० सांसद बिदा हुन लागेका हुन् ।
हालै निर्वाचित १९ सदस्यहरुको शपथग्रहण भोली हुने भएको छ । बाँकी एउटा पदको भने मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
शपथग्रहणको कार्यक्रम संसद भवनको ल्होत्से हलमा सोमबार बिहान ११.३० बजे राखिएको संसद सचिवालयले जनाएको छ ।