Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै गृहमन्त्रीद्वारा चिन्ता व्यक्त

देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै गृहमन्त्रीद्वारा चिन्ता व्यक्त

  • शनिवार, फाल्गुण १९ २०८०

  • 389
    SHARES

  • देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै गृहमन्त्रीद्वारा चिन्ता व्यक्त

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

    आज गोरखा पत्रकार समाजका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले अहिले सबै युवाको चाहना विदेश जाने मात्रै देखिएको भन्दै यस्तै अवस्था निरन्तर रहे एकदिन देशमा बृद्ध, बृद्धा मात्रै हुने खतरा रहेको बताउनुभयो ।

    आर्थिक अवस्था राम्रो भएका परिवारमा अहिले १० पासहुने वित्तिकैदेखि युरो, अमेरिका वा अष्ट्रेलियातिर पढ्न जाने बिषयमा छलफल हुन थाल्छ, उहाँले भन्नुभयो आर्थिक अवस्था राम्रो नभएकाहरु खाडी मुलुकतिर कम गर्न जाने र पैसा कमाउने सोच राख्छन् । युवाहरुको पलायन हुँदै गर्दा देशमा त उमेर पुगेका बृद्ध, बृद्धा मात्रै हुने खतरा देखिएको र यो समस्या अन्त्य गर्न गम्भिर ढंगले लाग्नु पर्ने उहाँको भनाइ छ । यो समस्या हटाउन युवाहरु र सरक र संगसँगै लाग्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

    यस्तै गृहमन्त्री श्रेष्ठले युवाहरु माझमा देखिएको लागू पदार्थ दूवर्यसनीको समस्यालाइ अन्त्य गर्न पालिका स्तरबाटै अभियान चलाउनुपर्ने आवश्यता रहेको पनि बताउनुभयो ।

    राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उहाँले हालको व्यवस्थाविरुद्ध उठेका आवाज विरुद्ध सचेत हुन आवश्यक रहेको धारणा पनि राख्नुभयो ।

    शान्ति प्रक्रियालाई निष्कर्ष पु¥याउन सरकार प्रयत्नशील रहेको भन्दै गृहमन्त्री श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताउनुभयो । देशमा देखिएका समस्या र बेतिथिलाइ अन्त्य गर्ने गरि कलम चलाउन उहाँले पत्रकारहरुलाइ अनुरोध समेत गर्नुभयो ।


    शनिवार, फाल्गुण १९ २०८०११:१७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij