Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका सम्मानित नेता खनालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका सम्मानित नेता खनालबीच भेटवार्ता

  • शनिवार, फाल्गुण १९ २०८०

  • 467
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका सम्मानित नेता खनालबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला आज बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

    पछिल्लो समय राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका दुई ठुला दल माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेपछि यही विषयले गठबन्धन फुट्न लागेकोसम्मका चर्चा भइरहेका छन् । यो विषयमा पनि खनालले प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राख्नुभएको छ ।

    यसअघि नेकपा एस कै अध्यक्ष माधव नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सहमतिमै राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार तय गर्न सुझाव दिनुभएको थियो ।


    शनिवार, फाल्गुण १९ २०८०११:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij