Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

शालिन पोखरेल घटनाको सत्यतथ्य छानबिनको माग गर्दै नेविसंघ आन्दोलित

शालिन पोखरेल घटनाको सत्यतथ्य छानबिनको माग गर्दै नेविसंघ आन्दोलित

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 703
    SHARES

  • शालिन पोखरेल घटनाको सत्यतथ्य छानबिनको माग गर्दै नेविसंघ आन्दोलित

    काठमाडौं । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।

    संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ।

    423686650_362439063352567_8818534484769776761_n.jpg

    शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेवि संघका अर्का नेता सुभाष पौडेलले जानकारी दिनुभयो । नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उहाँको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् ।

    423422589_3604446183142829_2896014863117941075_n.jpg


    शुक्रवार, फाल्गुण १८ २०८००६:२८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij