Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सरकारले दुग्ध उद्योगीलाई सहुलियत ऋण दिने

सरकारले दुग्ध उद्योगीलाई सहुलियत ऋण दिने

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 370
    SHARES

  • सरकारले दुग्ध उद्योगीलाई सहुलियत ऋण दिने

    काठमाडौं। सरकारले दूध किसानलाई भुक्तानी दिन दुग्ध उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ। उक्त सहजीकरणका लागी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल नै गठन गरेको छ।

    उक्त कार्यदलमार्फत कृषि मन्त्रालयले विक्री हुन नसकेको दुग्धजन्य पदार्थको मौज्दात विवरण सङ्कलन गर्ने र आन्तरिक ऋण निकासीका लागि पहल गर्ने भएको छ।

    कृषि मन्त्रालयले डिडिसीलाई ३० करोड रुपैयाँ सहुलियत ऋण अनुदानका लागि अर्थ मन्त्रालयसँग पहल गरिसकेको मन्त्रालयकी प्रवक्ता सवनम शिवकोटी अर्यालले जानकारी दिनुभयो ।

    दुग्ध उत्पादक किसानले करिब ५ महिनाको दूधको भुक्तानी पाउन सकेका छैनन्। करिब ५ देखि ७ अर्ब रकम भुक्तानीको दाबी गर्दै पछिल्लो केही दिन यता किसानहरु क्रमिक रुपमा आन्दोलन गर्दै आएका छन्।


    शुक्रवार, फाल्गुण १८ २०८००५:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij