Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

उपनिर्वाचन कार्यतालिका स्वीकृत: यस्तो छ कार्यतालिका...

उपनिर्वाचन कार्यतालिका स्वीकृत: यस्तो छ कार्यतालिका...

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 594
    SHARES

  • उपनिर्वाचन कार्यतालिका स्वीकृत: यस्तो छ कार्यतालिका...

    काठमाडौं। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत भएको छ।निर्वाचन आयोगले एक आज विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरिएको जनाएको हो।

    आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरिएको विज्ञप्तीअनुसार आगामी चैत २४ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

    उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने पनि उहाँले बताउनुभयो। चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी ६ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

    आयोगका अनुसार चैत २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने कार्यतालिका छ। त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

    निर्वाचन कार्यक्रमअनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ ।

    election_aayog_statement.png

     


    शुक्रवार, फाल्गुण १८ २०८००४:३६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij