Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभामा सभामुखले गरे एकै विषयमा पाँचौंपटक रुलिङ

प्रतिनिधिसभामा सभामुखले गरे एकै विषयमा पाँचौंपटक रुलिङ

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 541
    SHARES

  • प्रतिनिधिसभामा सभामुखले गरे एकै विषयमा पाँचौंपटक रुलिङ

    काठमाडौं। सभामुख देवराज घिमिरेले एउटै विषयमा पाँचौपटक सरकारका नाममा रुलिङ गर्नुभएको छ। प्रतिनिधिसभाको चालु अधिवेशन सुरू भएयता सभामुख घिमिरेले पाँचौं पटक रुलिङ गर्नु भएको हो।

    सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो। उहाँले यसअघि चार पटक रुलिङ गरिसकेका छन्। सभामुखले सरकारलाई यही २१ गते बस्ने प्रतिनिधिसभा बैठकमा जवाफ दिन मिति नै तोकेर रुलिङ गर्नुभएको हो।

    आज प्रतिनिधिसभाको बैठक सुरू हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कारवाही अवरुद्ध गर्ने प्रयास गरेपछी सभामुखले रुलिङ गर्नुभयो।

    सदनमा आफूहरुले बारम्बार उठाउँदै आएको बालकुमारी घटनामा आरोपीत मन्त्री सहित स्वास्थ्य मन्त्रीको राजीनामा, मिटरव्याजी पीडित र लघुवित्त पीडितका समस्या एवं दुग्ध किसानको समस्या सडकबाट सदनसम्म आउँदा पनि सरकार मौन रहेको र आफूहरुले उठाएको विषयमा सरकारले महत्व नदिएको भन्दै उनिहरुले विरोध गरेका हुन्।


    शुक्रवार, फाल्गुण १८ २०८००१:३४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij