Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 982
    SHARES

  • प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने रास्वपाको निर्णय

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। आगामी वैशाख १५ मा हुन लागेको बझाङ प्रदेश(१)को उपनिर्वाचनमा रास्वपाले भाग नलिने निर्णय लिएको हो।

    निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा(१)का लागि २०८१ वैशाख १५ मा मतदान हुने गरी निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ। एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो।

    बझाङको प्रदेशसभा (१)बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ। सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएको थियो।

    प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम केन्द्रित भएको रास्वपाले बझाङको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी नदिने महामन्त्री मुकुल ढकालले बताउनुभयो। प्रदेश सभाबारे नयाँ निर्णय नलिएसम्म रास्वपाले उम्मेदवारी नदिने महामन्त्री ढकालको भनाइ छ।

    रास्वपाले प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको इलाम २ मा आफूलाई केन्द्रित गरेको छ। पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम पठाएको छ भने आज रास्वपाका ७ जना सांसद इलाम जाँदैछन्।

    गत वैशाख १० मा भएको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनर्निर्वाचित हुँदा तनहुँ—१ बाट उपसभापति स्वर्णिम वाग्ले विजयी हुनुभएको थियो ।


    शुक्रवार, फाल्गुण १८ २०८००१:३०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij