Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

  • शुक्रवार, फाल्गुण १८ २०८०

  • 287
    SHARES

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

    काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो।

    उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूचि छ ।

    यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको ।


    शुक्रवार, फाल्गुण १८ २०८००८:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij