Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारका काम कारबाहीप्रति सत्तापक्षकै सांसदको प्रश्न, गठबन्धनको मतभेदले समृद्धिमा ब्रेक (खास खबर)

सरकारका काम कारबाहीप्रति सत्तापक्षकै सांसदको प्रश्न, गठबन्धनको मतभेदले समृद्धिमा ब्रेक (खास खबर)

भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने
  • बिहिवार, फाल्गुण १७ २०८०

  • 930
    SHARES

  • सरकारका काम कारबाहीप्रति सत्तापक्षकै सांसदको प्रश्न, गठबन्धनको मतभेदले समृद्धिमा ब्रेक (खास खबर)
    काठमाडौं । संसद्मा उठिरहेका कैयन विषयहरूमा प्रधानमन्त्री मौन बस्न नमिल्ने सत्तारुढ दलकै सांसदहरूले बताएका छन् । विभिन्न मन्त्रीहरूको बारेमा उठेका प्रश्नहरूबारे स्वयं मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । जनता र मुलुकको पक्षमा काम गर्नका निम्ति निर्वाचित भएको बताउँदै कांग्रेस सांसद सञ्जय गौतमले जवाफ दिनबाट कसैले भाग्न नमिल्ने तर्क गर्नुभयो । सरकारका बारेमा धेरै विषयहरू उठिसकेकोले चाँडै जवाफ फर्काएर संसद् अवरोध हटाउनुपर्ने गौतमको भनाइ छ ।
     
    देशको पश्चिमी र पूर्वी भूभागबाट सयौँको संख्यामा मिटरब्याज पीडित, लघुवित्त र सहकारी पीडितहरू काठमाडौं केन्द्रित बनेका छन् । यो अवस्थामा संसद् बन्धक बनिरहेको छ । सरकारले पनि समस्या समाधान गर्न ठोस कदम चाल्न सकिरहेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि शुक्रबारको संसद् अवरुद्ध पार्ने चेतावनी दिएको छ । पार्टीका महामन्त्री एवं सांसद धवलशम्शेर राणाले सरकार पीडितका समस्यामा मुखदर्शक बनेकोले कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । 
     
    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्टले गठबन्धनको आन्तरिक मतभेदका कारण धेरै क्षेत्रमा असर गरिरहेको बताउनुभएको छ । पछिल्लो समय राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको अडानले समेत गठबन्धनमा तिक्तता सुरुवात भएको छ । 
     
    शुक्रबारको संसद्मा प्रधानमन्त्रीले जवाफ दिने तयारी गर्नुभएको छ । संसद्को अवरोध हटाउनका निम्ति सरकार नै प्रमुख जिम्मेवार देखिएको छ । सरकारका मन्त्रीहरूमा नैतिकता हराइरहेका बेला प्रधानमन्त्रीले जोगाउने प्रयत्न गर्दा आलोचनाको वर्षा भइरहेको छ । यहीँ गतिमा सरकारका गतिविधि अगाडि बढ्दा मुलुकले अँध्यारो सुरुङको यात्रा तय गर्ने पक्का छ ।
     


    बिहिवार, फाल्गुण १७ २०८००७:५१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij