काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी विधेयकलाई अन्तिम रुप दिएर संसदमा लैजाने तयारी भइरहेको बताउनुभएको छ ।
बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रुप दिएर सदनमा लैनाने तयारीमा छौं ।’
२१ भदौको मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक पारित गरेको थियो, तर अहिलेसम्म संसदमा दर्ता भएको छैन ।