Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो रह्यो आजको बजार...

सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो रह्यो आजको बजार...

  • बुधवार, फाल्गुण १६ २०८०

  • 707
    SHARES

  • सेयर बजारको ओरालो यात्रा कायमै, यस्तो रह्यो आजको बजार...

    काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज २ हजार अंकमा खुम्चिएको छ। आज ०.८७ अंकले घटेको बजारमा कारोबार भने हिजोको तुलनामा केहि बढी भयो।

    हिजो १ अर्ब ८६ करोडको कारोबार भएको बजारमा आज भने २ अर्ब ३ करोड रुपैयाँ बराबरको बारोबार भयो।

    कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो। ब्यापार र उत्पादन समूह उच्च दरमा बढे।ब्यापार ५.५१ र उत्पादन समूह ४.९६ प्रतिशत बढे। विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत घट्यो।

    बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स १७, हाइड्रोपावर २१, माइक्रो फाइनान्स ५, निर्जीवन बीमा ३७ अंक घट्दा ब्यापार १५०, अन्य २, उत्पादन ३१७ र होटल तथा पर्यटन समूह २ अंक बढेका छन्।

    कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


    बुधवार, फाल्गुण १६ २०८००४:३०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij