काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन् ।
असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो । करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो ।
अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ ।
यस्तै, एउटा विधेयक सरकारले संसद्मा ‘टेबुल’ गर्ने छ । आमसञ्चार विधेयक र बिउ विजन सम्बन्धी विधेयक समितिमा दफावार छलफल भैसकेको छ ।