Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेपछि प्रहरीले बनायो छानबिन समिति

संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेपछि प्रहरीले बनायो छानबिन समिति

  • सोमवार, फाल्गुण १४ २०८०

  • 525
    SHARES

  • संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेपछि प्रहरीले बनायो छानबिन समिति

    काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

    उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

    समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

    समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको एक अधिकृतले बताएका छन् ।

     


    सोमवार, फाल्गुण १४ २०८००५:०५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij