Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

  • सोमवार, फाल्गुण १४ २०८०

  • 494
    SHARES

  • मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

    काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको हो ।

    सरकार र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने जनाइएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।

    यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।


    सोमवार, फाल्गुण १४ २०८००७:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij