Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

  • आइतवार, फाल्गुण १३ २०८०

  • 357
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

    बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    आइतवार, फाल्गुण १३ २०८००७:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij