Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक छ : शिक्षामन्त्री राई

राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक छ : शिक्षामन्त्री राई

  • शनिवार, फाल्गुण १२ २०८०

  • 578
    SHARES

  • राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक छ : शिक्षामन्त्री राई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभएको छ ।

    शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताउनुभयो । उहाँले सरकारमा बसेका मन्त्रीहरुको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताउनुभयो ।

    उहाँले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिष्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गर्नुभयो । उहाँले मुलुक २५ जना मन्त्री र ५–७ वटा राजनीतिक दलहरुले मात्रै बनाएर नबन्ने भन्दै तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

     


    शनिवार, फाल्गुण १२ २०८००३:१९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij