Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रचण्ड

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रचण्ड

  • शनिवार, फाल्गुण १२ २०८०

  • 632
    SHARES

  • बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनकै क्रममा रहेको जानकारी दिनुभएको छ ।

    शनिबार बिहान बसेको संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रतिवेदन अध्ययनपछि निर्णय गर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । सरकारले आयोग बनाएर छानबिन गर्ने निर्णय गरेको हो, प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ । यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।’

    बालकुमारी घटनामा मुख्य जिम्मेवार भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला नै रहेको निष्कर्षसहितको प्रतिवेदन छानविन आयोगले निकालेको छ। मन्त्री ज्वालाको राजीनामा माग्दै एमालेसहित विपक्षी दलहरुले पनि विरोध जनाइरहेका छन्।

    उहाँले अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसद्मा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

     


    शनिवार, फाल्गुण १२ २०८००२:०७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij