Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने प्रधानमन्त्रीको भनाइ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने प्रधानमन्त्रीको भनाइ

  • शनिवार, फाल्गुण १२ २०८०

  • 350
    SHARES

  • तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाइने प्रधानमन्त्रीको भनाइ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ ।

    आज बिहान सिहंदरबास्थित माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने उहाँको भनाइ रहेको छ ।

    खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नपर्ने बताउँदै उहाँले पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहने विश्वास दिलाउनुभयो । यस्तै प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराउनुभयो ।

    उहाँले भन्नुभयो, ''बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।'' आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित गर्नुभयो।

    प्रधानमन्त्रीले भन्नुभयो, ''आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्।'' माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।


    शनिवार, फाल्गुण १२ २०८०१२:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij