Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 311
    SHARES

  • राष्ट्रिय सभाको बैठक पनि आज बस्दै

    काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा दिलकुमारी थापाले ‘मौलिक हक कार्यान्वयनको लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्। अर्थमन्त्री प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८०’ सभा समक्ष पेस गर्नेछन्।

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित विधायन सम्बन्धी विधेयक २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आज सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


    शुक्रवार, फाल्गुण ११ २०८००७:२६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij