Sep 04 2026 | २०८३, भाद्र १९ गते

२०८३, भाद्र १९ गते
images

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 319
    SHARES

  • प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ।

    हिजोको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक संख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको हो।

    यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८० पेस गर्ने छिन्।

    अर्थ मन्त्री प्रकाशशरण महतले भन्सार विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

     


    शुक्रवार, फाल्गुण ११ २०८००७:२४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij