Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सात महिनामा १६ अर्ब बढीको विद्युतिय गाडी आयात

सात महिनामा १६ अर्ब बढीको विद्युतिय गाडी आयात

  • बुधवार, फाल्गुण ९ २०८०

  • 566
    SHARES

  • सात महिनामा १६ अर्ब बढीको विद्युतिय गाडी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १६ अर्ब बढीको विद्युतिय गाडी आयात भएका छन् ।

    चालू आर्थिक वर्ष २०८०र८१ को मंसिर महिनासम्म १६ अर्ब ९ करोड ७ लाख ७५ हजार रुपैयाँको विद्युतिय गाडी (कार, भ्यान, जीप र मिनि बस) आयात भएको हो ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार ७ महिनामा ६ हजार ४९० वटा विद्युतिय कार, भ्यान, जीप र मिनि बस अयात हुदा १६ अर्ब ९ करोड ७ लाख ७५ हजार रुपैयाँ बाहिरीएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब २०० प्रतिशतले बढी हो ।

    नेपालमा ५० किलोवाट देखि ३०० किलोवाटसम्मका विद्युतिय गाडी आयात हुने गर्दछन् ।

    नेपालमा सबैभन्दा बढी ५० किलोवाट देखि १०० किलोवाटसम्मका ३ हजार ३९४ वाट विद्युतिय कार, जिप र भ्यान आयात भएका छन् । त्यस्तै, ५० किलोवाटसम्मका २ हजार ६७७ वटा विद्युतिय कार, जीप र भ्यान आयात भएको भन्सर विभागको तथ्याङकले देखाएको छ ।

    १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ७० र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका १८ वटा कार, जिप र भ्यान आयात भएका छन् । त्यसैगरी, सात महिनाको अवधिमा मिनि वस ६७ र माइक्रो वार २६४ वाटा नेपाल भित्रिएका छन् ।


    बुधवार, फाल्गुण ९ २०८००२:२५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij